February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

बजारमा पाइनै छाड्यो नुन, चिनी र ग्यासः कालोबजारीको मारमा उपभोक्ता

बजारमा पाइनै छाड्यो नुन, चिनी र ग्यासः कालोबजारीको मारमा उपभोक्ता

२८ फागुन, काठमाडौं ।
सरकारले संकटको समयमा हुने कालोबजारी रोक्नका लागि तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन बिभिन्न टोली तथा समुहहरु खटाएको छ । तर भक्तपुरको बजारमा अहिलेसम्म कुनै पनि निकायले अनुगमन नगर्दा भक्तपुरको बजारमा भने नुन, चिनीदेखि ग्यासको अभाव हुन थालेको छ ।
चीनको वुहानबाट फैलिएर विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासमा खाद्यान्नको आयात रोकिने भयले खाद्यान्नको माग ह्वात्त बढेको छ । जसले गर्दा व्यापारीले कृतिम अभाव सिर्जना गर्दै नुन, चिनी ,ग्याँस, स्यानेटाईजर, मास्कलगायत अन्य खाद्यान्नको मनपरी मूल्य असुल्न थालेका छन् ।
बजारमा नुन, चिनी र ग्याँस नपाए पनि चामल, दाल, तेलको मूल्य भने आकाशिएको छ । खाद्यान्नको माग एकदमै बढ्दा पुराना स्टक सामान सकिएकाले नयाँ सामान ल्याउँदा होलसोलमै मूल्य बढ्ने हुदा आफुहरुले मुल्य बढाउनु परेको व्यापारीहरुको भनाई रहेको छ ।
दैनिक उपभोग्य वस्तुको अभावका कारण उपभोत्ता यसका लागि भौतारिरहेका छन् ।

Advertisement