January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

बिजुली बजार पुलमा आकर्षक बत्ती जडान गरिने

बिजुली बजार पुलमा आकर्षक बत्ती जडान गरिने

फागुन २८, काठमाडौँ ।
बिजुली बजारको पुलमा आर्कषण बत्ती जडान गर्ने तयारी भएको छ । नयाँ प्रविधीको प्रयोग गरी बनाईएको पुलमा शहरी क्षेत्रमा हेर्दा आकर्षण हुने भएकाले बत्ती आर्कषण नै राख्ने तयारी भईराखेको छ ।
सडकको दुवैतर्फ निर्माण भएका दुवै पुलको माथिल्लो भागमा टाढा समेत प्रकाश पर्ने बत्ती जडान गर्ने तयारी भईराखेको छ । बत्ती जडानको निम्ती पुल निर्माण कम्पनी संग सम्झौता भईरहेको छ । पुल निर्माणका लागि ठेक्का सम्झौता हुँदा डिजाइनमा सामान्य बत्ती उल्लेख भए पनि अहिले त्यसका सट्टा आकर्षक बत्ती जडान गर्न लागिएको हो ।
१२ मिटर चौडाई र ५१.४५ मिटर रहेको पुल निर्माणका लागि विं सं २०७१ पुसमा ठेक्का सम्झौता भएको थियो भने जेई कन्स्ट्रक्सनले उक्त पुलको ठेक्का लिएको थियो । सरकार र ठेक्का कम्पनी बिच पुल निर्माण तिन वर्षमा सक्ने भनेर समझौता भएको थियो । तर डिजाइनमा लामो समय लागेको र समयमा निर्माण स्थलमा रहेका संरचना हटाउन नसकिएकाले पुल सम्झौता अवधीमा सम्पन्न हुन सकेको थिएन ।

Advertisement