तनहुँमा औषधि कारखाना खोल्दै पोखराको व्यवसायिक समुह, प्रारम्भिक लगानी ४० करोड
२९ फागुन, बिहिबार ।
पोखरा फर्मास्युटिकल्स प्रालिले तनहुँको व्यास नगरपालिका(१० सेवरमा औषधि उद्योग स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ।
प्रालिका अध्यक्ष कालीदास पौडेलका अनुसार प्रारम्भिक लगानी ४० करोड रूपैयाँ रहनेछ। लगानीकर्तामा पोखराका औषधि व्यवसायीहरू छन्। कारखानाका लागि आवश्यक भवन दुई वर्ष्भित्र निर्माण पूरा हुने लक्ष्यका साथ बुधबार शिलान्यास गरिएको छ।
समुहले कारखानाका लागि ४८ रोपनी जग्गा लिएको छ। ’उद्योगबाट ३० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ’निर्धा्रित समयमा नै उद्योग भवन निर्माण सम्पन्न गरिनेछ ।’
औषधि उद्योगका लागि भवनको शिलान्यास गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्योगमैत्री वातावरण सिर्जना गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । पछिल्लो समय व्यास नगरपालिकाभित्र विभिन्न उत्पादनमूलक उद्योगहरुको दर्ता हुने क्रम बढ्दै गएकाले नगरपालिकाभित्र उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायीलाई नगरपालिकाले सहयोग गर्दै आएको उनले जानकारी दिए।
व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले उद्योगले स्थानीयवासीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। रासस ।
प्रतिकृया दिनुहोस्