January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

डलरको भाउ आज ह्वात्तै बढ्योः यसरी हुदैछ कारोबार

३० फागुन, काठमाडौं ।
नेपालको इतिहासमै अमेरिकी डलरको भाउले उच्च विन्दु कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलरको खरिददर प्रतिडलर ११८.४४ रुपैयाँ र बिक्रीदर प्रतिडलर ११९.०४ रुपैयाँ तोकेको छ।
जुन अहिलेसम्मकैे उच्च विनिमय दर हो।
कोरोनाको मनोवैज्ञानिक त्रासका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ ।
सोही कारण लगानीकर्ताहरु अमेरिकी डलर सञ्चय गर्नतर्फ लागेको अनुमान छ ।
डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीका लागि महँगो हुन जाने भएकाले यसको असर प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्रमा देखिने अर्थ्विद्हरु बताउँछन्।

Advertisement