बैंकका कर्मचारीलाई संक्रामक रोग लागेमा बस्न पाउँनेछन् बिदामा
३० फागुन, काठमाडौं ।
अब बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई संक्रामक रोग लागेमा अनिवार्य विदा (फोर्स लिभ) मा बस्न निर्देशन दिन सक्ने भएका छन्।
अहिले कोरोनाभाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएको अवस्थामा राष्ट्र बैंकले संक्रामक रोग लागेमा विदा बस्न आदेश दिन सकिने व्यवस्थासहितको नमुना विनियमावली बनाइ बिहीबार नै सबै बैंक तथा वित्तीय संस्थामा परिपत्र गरेको छ ।
यो व्यवस्थासँगै कुनै कर्मचारीलाई संक्रामक रोग लागी उपचार गराउनु परेमा उपचार अवधिभर काममा नआउन र विदामा बस्नको लागि बिदा स्वीकृत गर्न अधिकारीले निर्देशन दिन सक्नेछन्। र प्राप्त भएको निर्देशन यस्तो निर्देशन कर्मचारीले अनिवार्य पालन गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।
कुनै कारणले त्यस्तो कर्मचारीको बिरामी विदा बाँकी नभएमा अन्य विदा स्वीकृत गर्न वा बेतलबी विदामा पठाउन सकिने व्यवस्था नमुना विनियमावलीमा उल्लेख छ ।
यो विनियावलीअनुसार बैंक–वित्तीय संस्थामा कार्यरत कर्मचारीले १४ किसिमको विदा पाउने छन् । शनिबारका साप्ताहिक विदा र सरकारले तोक्ने सबै सार्वजनिक विदाबाहेक थप १२ किसिमका विदाका व्यवस्था गरिएको हो ।
यस्तै, बैंक–वित्तीय संस्थाका कर्मचारीले वर्षमा १२ दिन तलबभत्ता सहितको विरामी विदा पाउने र यस्तो विदा सञ्चित गर्न पाउने उल्लेख छ ।
महिला कर्मचारीले कार्यकालमा २ पटक साढे तीन महिना (१४ हप्ता)को मातृत्व संरक्षण बिदा पाउने र त्यसमध्ये दुई महिनाको तलबभत्ता पाउने र बाँकी अन्य विदाबाट कट्टी हुने व्यवस्था नमुना विनियामावलीमा गरिएको छ ।
बैंक–वित्तीय संस्थाका पुरुष कर्मचारीले पनिे श्रीमती प्रसुति भएको अवस्थामा कुल सेवा अवधिमा दुई पटकसम्म प्रत्येक पटक १५ दिनका दरले पूरा तलबभत्ता सहितको प्रसुति स्याहार विदा पाउने व्यवस्था नमुना विनियावलीमा उल्लेख छ ।
यस्तै बैंकहरुले कर्मचारीलाई सामान्यतया हप्तामा २४ घण्टा भन्दा बढी अतिरिक्त समय काममा लगाउन नपाइने व्यवस्था गरेको छ। अतिरिक्त समयमा काममा लगाउदा कर्मचारीलाई तलब भत्ताको डेढीको हिसावले अतिरिक्त समय भत्ता प्रदान गरिनेछ।
प्रतिकृया दिनुहोस्