January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

झापामा ३२ बिघा जमिनमा स्ट्रवेरीको व्यावसायिक उत्पादन सुरु

झापामा ३२ बिघा जमिनमा स्ट्रवेरीको व्यावसायिक उत्पादन सुरु

०१ चैत, काठमाण्डौ ।
बिशेष महत्व बोकेको फल हो स्ट्रबेरी। स्ट्रवेरीलाई भूइँ काफल भनेर पनि चिनिन्छ ।स्ट्रवेरी खेती नुवाकोटको ककनी क्षेत्रमा खेती गरिन्छ । नेपालमा स्ट्रबेरी १२ हजार मेट्रिक टन उत्पादन हुन्छ भने यसको खेती पहाडी क्षेत्रको चिसो स्थानमा मात्र हुन्थ्यो । तर पछिल्लो समय झापामा खेती विस्तार भएको छ । पछिल्लो समय किसानहरुले समुह बनाएर स्ट्रबेरीको उत्पादन गर्न थालेका छन्।
झापा जिल्लाको वाह्रदशी गाउँपालिकाको राजगढमा गोल्यान गु्रपको गोल्यान एग्रो ट्रेडले ३२ विघा जमिनमा स्ट्रवेरी फलको ब्यवसायिक उत्पादन शुरु गरेको छ ।
हुनत, प्रकृतिमा पाईने सवै फलका आ(आफनै बिशेषता छन्। तर, स्ट्रबेरीको विषेशता फरक छ। यो हेर्दा जति कोमल र लोभलाग्दो छ स्वाद उति नै मिठो। पारखीहरुले यसलाई विभिन्न स्वादमा ढालेर उपभोगमा प्रयोग गर्ने गरेका छन्।

यो फलमा भिटामिन, प्रोटिन, मिनिरल्स प्रशस्त पाईन्छ । स्ट्रवेरी विरामी तथा रोगी मानिसका लागि बढी लाभदायक हुन्छ । पहाडी क्षेत्रको चिसो हावापानीमा मात्र खेती हुने स्ट्रवरी २० डिग्रीदेखि २५ डिग्री तापक्रम भएको इलाकामा मात्र उत्पादन हुने फल हो ।
कृषि मन्त्रालयका अनुसार नेपालमा यसको खेती १५ हजार हेक्टर क्षेत्रफलमा हुन्छ भने यसको वार्षिक १२ हजार मेट्रिक टन मात्र उत्पादन हुन्छ । तराईमा भने चिसो समय असोज, कार्तिक महिनामा रापेर चैत १५ सम्म फल्छ । एउटा बोटमा औसत ५०० ग्राम फल फल्छ ।
बलौटे, दोमट र पानी नजम्ने जमीन स्ट्रवरी खेतीको लागि उत्तम हुन्छ । नेपालमा कम उत्पादन हुने भएकाले आन्तरिक उत्पादनले माग धान्न सक्तैन, त्यसैले यो फल बाहिरबाटै आयात गरिन्छ ।

स्ट्रबेरीलाई स्वास्थ्यका हिसाबले पनि उत्तम फलका रुपमा लिईन्छ। क्यान्सर रोकथाम, तेजिलो आखाँ, ब्लड प्रेसर सन्तुलन, चाउरीपना नियन्त्रण, पाचन प्रणालीमा सुधार जस्ता अनेक फाइदा पुर्याउने तथ्य बैज्ञानिकले प्रमाणित गरीसकेका छन्।
देशभरि यसको माग रहे पनि उत्पादनका लागि सवै जिल्लामा प्रयास नै गरिएको छैन । फलफूलमा आत्मनिर्भर बनाउँने कृषिमन्त्रालयको योजना कागजमै सीमित देखिएको छ ।

Advertisement