May 15, 2025, Thursday
२०८२ जेष्ठ २

डेडिकेटेड फिडरबाट विद्युत महशुल नउठाउने माथी अनुसन्धान


०१ चैत, काठमाण्डौ ।

लेखा समितिले डेडिकेटेड फिडर बाट विद्युत महशुल नउठाउने माथी अनुसन्धान तथा छानविन गर्न अख्तियारलाई निर्देशन दिएको छ । २०७३ असार १६ गते विद्युत महशुल निर्धारण आयोगले ट्रंक लाइन जोड्ने ग्राहकहरु बाट लिनुपर्ने महशुल दर लिएको छैन ।
डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विद्युत लिई समयमै महशुल नतिर्ने ग्राहकलाई विद्युत नियमावली २०६९ र विद्युत महशुल संकलन नियमावली २०७३ अनुसार कुनै कारवाही नभएकाले आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिन पनि भनेको छ ।
उपसमितिले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुलीमा प्राधिकरणलाई आर्थिक क्षति हुने र आर्थिक दायित्व बढ्ने गरी कुनै निर्देशन नदिन सरकारलाई निर्देशन दिन पनि सुझाव दिएको छ ।
आयोगले २० घण्टा वा सो भन्दा बढी समय लोडसेडिङ कायम रहेको अवस्थामा छुट्टै ट्रंकलाइन बाट विद्युत आपुर्ति लिने ग्राहकले डेडिकेटेड ग्राहक सरहको महसुल कायम गर्ने निर्णय कार्यान्वयन नगरेकाले छानबिन गरी कारवाहीका लागि सिफारिस गरेको हो ।

Advertisement