March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

अमेरिकामा आर्थिक संकट, सिलिकन भ्याली बैंक संकटपछि गरियो बन्द

अमेरिकामा आर्थिक संकट, सिलिकन भ्याली बैंक संकटपछि गरियो बन्द

अमेरिकामा वित्तीय क्षेत्रमा संकट देखिएको छ । अमेरिकाको ठूलोमध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकाय संकटपछि बन्द गरिदिएको समाचार बीबीसीले उल्लेख गरेको छ । यसलाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ ।

Advertisement

क्यालिफोर्नियामा मुख्यालय रहेको बैंक टाट पल्टिने अवस्थामा पुगेको नियामक निकायको भनाइ छ । नियामक निकायले सबै वचतकर्ताको पैसा सुरक्षित भएको बताएको छ । सन् २००८ मा वासिंटन म्युचअल टाट पल्टिएको घटनापछि यो सबैभन्दा ठूलो संकट भएको बताइएको छ । बैंकले गत बुधबार घाटा पूर्तिका लागि ठूलो हिस्सामा शेयर बेचेको र करिब २.२५ बिलियनबराबरको नयाँ शेयर बेच्ने घोषणा गरेको थियो । बैंकको उक्त घोषणापछि ठूला शेयरहोल्डर र वचतकर्ताले आफ्नो लगानी र वचत फिर्ता लिन सुरु गरेका थिए ।

Advertisement

फेडेरल डिपोजिट इन्स्योरेन्स कोर्पोरेसन(एफडीआईसी) ले करिब १७५ बिलियन डलर बैंकमा डिपोजिट रहेको जनाएको छ । ३१ डिसेम्बर २०२२ सम्म बैंकको कुल सम्पत्ति २०९ बिलियन डलर बराबरको भएको बताइएको छ । बैंकका शाखाहरूलाई पुनः खोल्न लगाएर सबै वचतकर्ताको पैसा सोमबारसम्म भुक्तानी गर्न पनि निर्देशन दिइएको छ ।

एफडीआईसीका अनुसार क्यालिफोर्निया र म्यासाचुसेट्समा गरी बैंकका १७ शाखा रहेका छन् । सिलिकन भ्याली बैंकले मुख्यगरी प्रविधिकेन्द्रित स्टार्टअप व्यवसायमा लगानी गर्दै आएको थियो । सन् १९८३ मा क्यालिफोर्निया बैंकका रूपमा स्थापना भएको सिलिकन भ्याली बैंक पछिल्लो १ दशकमा तीव्र विस्तार भएको हो । यस बैंकका विश्वका विभिन्न देशमा गरी करिब ८ हजार ५ सय कर्मचारी रहेका छन् । सिलिकनमा देखिएको संकट वैश्विक अर्थतन्त्रमा समेत पर्ने सम्भावना रहेको अर्थशास्त्रीहरूको भनाइ छ । उक्त बैंक यस वर्ष बन्द भएको पहिलो एफडीआईसीले सुरक्षण(बिमा) गरेको पहिलो संस्थान हो । साढे २ वर्षअघि अल्मेना स्टेट बैंक बन्द भएको थियो ।

बिहीबार मात्र सिलिकन भ्याली बैंकको प्यारेन्ट कम्पनी एसभीबी फाइनान्सियल ग्रुपको शेयरमा ७० प्रतिशतसम्म गिरावट आएको थियो ।

सिलिकन भ्याली बैंक टाट पल्टिनुको आंशिक कारण संघीय रिजर्भ बैंकले गत वर्ष ब्याजदर वृद्धि गर्नु पनि भएको सीएनएनले जनाएको छ । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले पछिल्लो घटनाक्रमलाई सावधानीपूर्वक हेरिरहेको बताएकी छिन् । उनले नियामक निकायका उच्च अधिकारीलाई भेटेर वित्तीय क्षेत्रको यथावत सञ्चालनका लागि आवश्यक कदम चाल्न पनि निर्देशन दिएकी छिन् ।
चालू आवको माघ मसान्तसम्म सरकारको आन्तरिक ऋण दायित्व ९ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ ।

चालू आर्थिक वर्षमा सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लक्ष्य लिएको छ । जसमध्ये २०७९ पुस मसान्तसम्म ३० अर्ब रुपैयाँ उठाएको छ । सरकारले ट्रेजरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र जारी गरी उठाएको ऋणको दायित्व ९ खर्ब ९२ अर्ब १८ करोड पुगेको हो । यसअनुसार ट्रेजरी बिल्सतर्फ ३ खर्ब ४२ अर्ब, विकास ऋणपत्रबाट ६ खर्ब ४० अर्ब, नागरिक बचतपत्रमार्फत ८ अर्ब ९० करोड र वैदेशिक रोजगार बचतपत्रमार्फत १६ करोड आन्तरिक ऋण दायित्व पुगेको छ ।

माघसम्म सरकारले उठाएको आन्तरिक ऋणको सबैभन्दा ठूलो दायित्व वाणिज्य बैंकतर्फ छ । कुल दायित्वमा कमर्सियल बैंकतर्फ हिस्सा ७६.१० प्रतिशत, सेकेन्डरी मार्केट १२.१९ प्रतिशत, विकास बैंकतर्फ ७.७९ प्रतिशत, फाइनान्स कम्पनीको २.१४ प्रतिशत छ ।