कोरोना त्रासः सार्वजनिक यातायातमा यात्रु ५० प्रतिशत घटे
२ चैत्र, काठमाडौँ ।
विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको संख्या पचास प्रतिशतले घटेको छ । आफनो दैनिक कामकाजको लागि एक स्थान बाट अर्का स्थानमा जान दैनिक करिब ३ लाख मानिसले आवात–जावत गर्थे भने अहिले डेढ लाख मानिसले मात्र सार्वजनिक यातायातमा यात्रा गर्न थालेका छन् ।
श्रम स्वीकृत रद्द, अन्तर्राष्ट्रिय उडान संख्यामा कटौती र छिमेकी देशसँगको आवत–जावतमा बन्द गरे पछि यात्रु घटेका हुन् । अहिले सार्वजनिक सवारीमा यात्रु संख्या बढ्ने समय भए पनी कोरोना भाइरसको संक्रमण हुने डरले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको संख्या घट्दै गइरहेको पाइएके हो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले सार्वजनिक यातायातमा पनि असर पुग्नुको साथै सर्बसाधारणको दैनिक कार्य पनी प्रभावित बनाएको छ ।
यसैबिच, पश्चिम नेपाल बस व्यवसायी संघले यात्रुलाई तनावमुक्त भएर यात्रा गराउन सोमबार देखी बस चढनु अघी अनिवार्य तापक्रम जाँच गर्ने भएको छ । विशेष गरी लुम्बिनी, तौलिहवा, गुल्मी, भैरहवा लगायतका ठाउँमा चल्ने सवारी साधनका यात्रुको जाँच अनिवार्य गरिएको छ ।
यातायात महासंघले सम्पुर्ण यात्रुले मास्क र पन्जा अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । साथै, निश्चित समयको अन्तरमा र खाना खानु अघी साबुन–पानीले हात सफा गर्न, सवारी साधनको नियमित सरसफाइ गर्न, तोकिएको ठाउँमा मात्र खाना र खाजा खान अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस्