घरभाडामा ५० प्रतिशत छुट दिन महासंघको माग
चैत २,काठमाडौं ।
घरबहाल सरोकार महासंघ नेपालले सरोकारवाला पक्षसँग समन्वय गरी घरबहालमा ५० प्रतिशत कर छुट दिने व्यवस्था मिलाउन सरकार संग माग गरेको छ । कोरोना भाइरस (कोभिड(१९)को त्रास देखाएर मूल्यवृद्धि उच्च भएको र कालोबजारीका कारण डेरामा बस्ने मर्कामा परेको उल्लेख गर्दै घरबहाल सरोकार महासंघ नेपालले घर भाडामा तत्काल ५० प्रतिशत छुट गराउन माग गरेको हो ।
शनिबार भएको पत्रकार सम्मेलनमा महासंघले कोरोनाको सन्त्रासका कारण बजारमा मुल्यवृद्धि आकाशिएको,कालोबजारी मौलाएको र व्यापार तथा व्यावसायमा समेत ठुलो असर परेको उल्लेख गरको छ । घर बहालमा बस्नेहरु झनै पिडित भएको निश्कर्ष निकाल्दै महासंघले तीनै तहका सरकार मातहतका निकायले सरोकारवाला पक्षसँग समन्वय गरी घरबहालमा छुट दिने व्यवस्था गर्न माग गरेको हो ।
त्यस्तै विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाईरसको उच्च जोखिममा राखेको र नेपालमा पर्यटन व्यवसाय लगायतका अन्य व्यवसाय धरासायी बन्दै गरेकाले आफुहरुको माग पुरा गराउन सरकारले तत्काल कदम चाल्नुपर्ने महासंघको भनाई रहेको छ ।
कोरोनाका कारण अर्थतन्त्र शिथिल हुदा घरबहालमा बस्ने झनै मारमा परेकोबेला घर बहालमा ५० प्रतिशत भाडा घटाउने वातावरण सरकारले तयार नगरे आन्दोलनमा जने समेत घर बहाल सरकार महासंघले चेतावनी समेत दिएको छ ।
महासंघले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण व्यवसाय र घरबहालमा देखापरेका समस्याप्रति सरकारलाई गम्भिर रुपमा प्रस्तुत हुन आग्रह गरेको छ । त्यस्तै कोरोना भाइरसको सन्त्रासले नेपाली जनताले अहिले भीषण परिस्थिती सामना गरिरहेका भन्दै घरभाडा न्यूनीकरण गराउन र व्यवसायिक रूपमा कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
महासंघले बहाल व्यवसायीलाई करको दायरामा ल्याउनु पर्ने, दर्ता गर्ने, प्रमाण दिने किटानी सहितको निकायगत संरचनाको अभाव रहेको जनाएको छ । बहाल लिनेदिनेको वास्तविक तथ्यांकको अभाव बहाल विवाद निरुपण आयोग, विभाग, बहाल इजलास र बहाल दिने लाई कर चुक्ताको दायरामा ल्याउने गरी बाध्यकारी अवस्था नदेखिएकोले सुधार गर्नुपर्ने माग महासंघले गरेको छ ।
प्रतिकृया दिनुहोस्