एक हजार ४ सय नागरिकलाइ निःशुल्क मास्क वितरण
२ चैत, काठमाडौं ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) बाट सुरक्षित रहन अरुण गाउँपालिकाको ७, जरायोटारले निःशुल्क मास्क वितरण सुरु गरेको छ ।
कोरोना भाइरस को सन्त्रास बढिरहेको बेला बजारमा मास्क किन्न नै नपाइने र भएको ठाउँमा धेरै पैसा तिरेर किन्नुपर्ने अवस्था सिर्जना हुन थालेपछि जरायोटार वडा बासीलाई रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यले गाउँपालिकाले १ हजार ४ सय नागरिकलाई निःशुल्क मास्क वितरण गरेको हो ।
गाउँपालिकाले देशमा कोरोना भाइरसको जोखीमपूर्ण अवस्था सिर्जना भईरहेको बेला यसबाट बच्न पूर्वतयारीका लागि सबै वडाबासीलाई २ वटाका दरले मास्क वितरण गर्ने योजना अनुसार वडाका करिब २ हजार ५ सय नागरिकलाई निःशुल्क मास्क वितरण गरिने लक्ष्य लिएको छ ।
गाउँपालिकाले दिएको कुराले सधैँ परिपूर्ति हुने नभई त्यसले एउटा सचेतनाको अभियान शुभारम्भ भएको नमूनाको रुपमा लिन र बाहिरबाट भित्रिने नागरिकलाई पनि अनिवार्य मास्क प्रयोग गर्न समेत अनुरोध गरेको छ ।
त्यस्तै आफ्ना नागरिकलाई भिडभाडमा नजान अपिल गर्दै साबुन पानीले हातलाई सधैँ सफा राख्न आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्