January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

एक करोडको लगानीमा भित्र्याइयो बस भित्रै रक्तदान गर्न सकिने बस

एक करोडको लगानीमा भित्र्याइयो बस भित्रै रक्तदान गर्न सकिने  बस

चैत २ काठमाडौं ।
नेपालमा पहिलो पटक १ करोड लगानीमा बस भित्रै रक्तदान गर्न मिल्ने बस भित्र्याइएको छ । रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङ्जुको संयुक्त लगानीमा उक्त बस पोखरामा सञ्चालनमा ल्याईएको हो ।
रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री सो बसमा शनिबारदेखि नै रगत सङ्कलन शुरु भएको जनाइएको छ । एम्बुलेन्सभित्र रक्तदान गर्न आवश्यक सबै उपकरण जडान गरिएको छ ।
समग्र गण्डकी प्रदेशलाई सो सेवाबाट फाइदा पुग्ने विश्वास लिइएको छ ।
उक्त बसभित्र भारतमा निर्मित ‘आइसर’ कम्पनीको उक्त बसमा दान श्यया, फ्रिज, प्राथमिक उपचार सामग्रीसहितको बक्स, स्टाफ नर्स र अक्सिजनको व्यवस्थाका साथै रक्त सञ्चारसम्बन्धी सूचनामूलक सामग्री राखिएका छन् ।

Advertisement