April 30, 2025, Wednesday
[nepali_today_date]

काठमाडौँको सतुङ्गलबाट लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद

काठमाडौँको सतुङ्गलबाट लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद

३ चैत्र २०७६

Advertisement

काठमाडौँको सतुंगलबाट दुई दिनमा करिब १० लाख मास्क बरामद भएको छ । प्रहरीले सोमबार बिहान लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो ।

Advertisement

रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्दा ठूलो सङ्ख्यामा मास्क बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो । शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।

कोरोना भाइरसको सन्त्रास फैलिएयता मास्कको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने क्रम सुरु भएको हो।