January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

कोरोनाको कारण ट्राभल एजेन्सीको करिव दुई अर्ब जोखिममा

कोरोनाको कारण ट्राभल एजेन्सीको करिव दुई अर्ब जोखिममा

०३ चैत्र, काठमाडौँ ।
विश्वभर माहामारीको रुप लिईरहेको कोरोना भाईरसको कारण ट्राभल एजेन्सिको करिव दुई अर्ब जोखिममा परेको छ । कोरोना फैलिन नदिन विभिन्न देशले एक देश बाट अर्का देशमा आवत–जावत बन्द समेत गरेका छन् । नेपालले पनि कोरोना मुलुकमा प्रवेश गर्न नदिन विश्वका आठ देशलाई अन–अराईभल भिषामा रोक लगाएको छ । जसका कारण नेपाल आउने विदेशी तथा स्वदेशीहरु मध्ये ९५ प्रतिशत भन्दा बढी यात्रुहरुले बुकिङ गरेका टिकट रद्द गरेसँगै ट्राभल एजेन्सी समस्यामा परेका हुन् ।
नेपालको अन्तर्राष्ट्रिय टिकेटिङको कारोबार नेपालको एक मात्र संगठन नाट्टाले गर्दै आएको छ भने नेपालमा नाट्टाका करिब तीन सयको संख्यामा यसका सदस्य रहेका छन् । नेपाली व्यवसायीहरुले अन्तर्राष्ट्रिय हवाइ यातायात संगठन (आईटा) लाई आज सोमबार करिब दुई अर्ब रुपैयाँ बुझाउनु पर्ने छ । तर अधिकांश यात्रुहरुले बुकिङ गरेका टिकट रद्द गरेका छन् ।
एकातर्फ ट्राभल एजेन्सीले आम्दानी गर्न सकेको छैन भने अर्कातर्फ आइटालाई रकम बुझाउनुपर्ने बाध्यताले गर्दा व्यवसायीहरु दोहोरो मारमा परेका छन् ।

रकम नबुझाएको खण्डमा आइटाले नेपालमा रहेका जति पनि ट्राभल एजेन्सी कम्पनीहरु छन् ती सबैलाई कालोसूचीमा राख्नेछ । जसले गर्दा भोलिका दिनमा ट्राभल एजेन्सी व्यवसायीहरुलाई समस्या पर्नेछ, जसले गर्दा उनीहरुलाई आइटालाई ऋण खोजेरै भएपनी रकम बुझाउनैपर्ने बाध्यता रहेको छ ।
नेपालमा २९ ओटा एयरलाईन्सले उडान गर्दै आएका मध्ये हाल कोरोना भाईरसको प्रभावले करिब ९० प्रतिशत भन्दा बढी एयरलाईन्सले नेपाल उडान रद्द गरीसकेका छन् । जसले गर्दा ट्राभल एजेन्सी झन मारमा परेका छन् ।

Advertisement