२० वर्षपछि थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन बन्ने निश्चित
०३ चैत, काठमाडौं ।
काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १ सय ३२ केभी प्रसारण लाइन अब निर्माण हुने भएको छ । २० वर्ष अघि नै निर्माण गरीसक्नुपर्ने आयोजना भएतापनि स्थानीयवासिले विरोध गर्दा उक्त प्रसारण लाईन बन्न सकेको थिएन । अब चोभारमा सबस्टेसन बनाउने जग्गा उपलब्ध भएसँगै आयोजना अघी बढ्ने निश्चित भएको हो ।
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टबीच चोभारमा सबस्टेसन बनाउने सम्बन्धि सहमति भएको छ । उद्योग मन्त्रालयले जग्गा उपलब्ध गराउने सहमति भएपछि आयोजना अघि बढ्ने बाटो खुलेको हो ।
सबस्टेसनका लागि आवश्यक जग्गा भने अध्ययनपछि मात्र थाहा हुने छ ।
प्राधिकरणले हाल काठमाडौंमा बालाजु, बानेश्वर, स्युचाटार, थापाथली, चाबहिल लगायतका सबस्टेसन बाट विद्युत् वितरण गर्दै आएको छ । त्यस्तै, भक्तपुर, ठिमी सबस्टेसन बाट भक्तपुरमा आपुर्ति हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस्