January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

एकदिन अगावै महोत्सव सम्पन्न

एकदिन अगावै महोत्सव सम्पन्न

  ०३ चैत, काठमाडौं ।

Advertisement

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै  बेसीसहरमा जारी दोस्रो आदिवासी जनजाती साँस्कृतिक एवं पर्यटन महोत्सव एकदिन अगावै सकिएको छ ।  देशको जोखिम अवस्था र जिल्लाको परिवेशलाई मध्यनजर गर्दै एक दिन अगावै महोत्सव समापन गरिएको हो । गत २३ गते शुक्रबारदेखि सुरु भएको महोत्सव शनिबार समापन गरिएको हो

Advertisement

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा कोरोना संक्रमण जोखिमको बेला आयोजना भइरहेको महोत्सवले विश्वभर नराम्रो सन्देश गइरहेको भन्दै आयोजकलाई महोत्सव समापन गर्न आग्रह भएको थियो । 

जिल्लाका राजनीतिक दल, सुरक्षा निकायलगायत अन्य सरोकारवालाहरूसँग भएको बैठकले आगामी दिनहरूमा कुनै पनि मेला महोत्सव तथा सामूहिक जमघट हुने कार्यक्रमहरू हुन नदिने निर्णयसमेत गरेको छ ।