आज प्रतितोला २ हजारले घट्यो सुन
४ चैत्र, काठमाडौँ ।
नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २ हजारले घटेको छ । हिजो सोमबार ७७ हजार ५ सयमा कारोबार भएको सुनको मुल्यमा आज एकै दिन २ हजारले घटेर प्रतितोला ७५ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ८० रुपैयाँ घट्दै ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत हप्ताको मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । एक हप्तामै सुन ७ हजार २ सयले घटेको छ ।
प्रतिकृया दिनुहोस्