साझा यातयातले कोरोना विरद्द अपनायो यस्तो सावधानि
०४ चैत, काठमाण्डौ ।
काठमाडौँ उपत्यकाका विभिन्न रुटमा सार्वजनिक गाडी सञ्चालन गर्दै आएको साझा यातायातले कोरोना भाइरस (कोविड–१९) को संत्रमणबाट यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै स्यानिटाइजर छर्किसकेपछि मात्र बसहरु आ–आफ्नो रुटमा पठाउन थालेको छ । साझा यातायातले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो सावधानी अपनाएको हो ।
‘यात्रुहरुको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो ’ भन्ने भावना सहित साझा यातायातले यही चैत ०१ गतेदेखि नै हरेक दिन सबै बसहरु सफा गरेर किटाणु नाशक स्प्रे छर्दै, बसका चालक र परिचालकहरुलाई समेत स्वास्थ्य परीक्षण गरेर मात्र काममा खटाउने गरिरहेको छ ।
त्यस्तै, कोरोना संक्रमणबाट जोगिन व्यक्तिगत दूरी राख्नु पर्ने भएकाले साझा बसका चालक र परिचालकहरुले सिट क्षमता भन्दा बढी यात्रुहरु नभर्ने समेत जनाएको छ ।
साझाका गाडीहरु उसका सुरक्षा गार्डले सावधानी पूवर्क सफा गर्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस्