March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कैलाश मानसरोवर यात्रा खुला, भारतीय यात्रीलाई भने अवरोध

कैलाश मानसरोवर यात्रा खुला, भारतीय यात्रीलाई भने अवरोध

चीनले तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा खुला गरेको छ । कोभिड– १९ का कारण बन्द आवस्थामा रहेको मानसारोवर यात्र खुल्ला गरेको हो । चीन सरकारले तिब्बतको राजधानी ल्हासा र नेपालको केरुङ नाकाबाट मात्रै कैलाश यात्रीलाई जाने अनुमति दिने भएको एसोसिएसन अफ कैलाश टुर अपरेटर्स संघले जनाएको छ ।

Advertisement

नेपालगन्जबाट हुम्लाको हिल्सा भएर तिब्बतको ताक्लाकोट हुँदै एउटा रुट तथा रसुवागढीबाट केरुङ हुँदै कैलाश मानसरोवर जाने अर्को रुट कार्यान्वयनमा थियो । अहिले हुम्लाबाट जाने रुट चीनले खुला गरेको छैन । खुल्ला भएको रुटमा पनि भारतीय पर्यटकलाई भने अनुमति नदिएको एशोसिएसनको दाबी छ ।

Advertisement

भारत र चीनबीच हिमालय सीमामा टकराबको अवस्था अन्त्य नभएको अवस्थामा चीनले भारतीय यात्रीलाई नेपाल भएर जान रोकेको ब्यावसायीले दाबी गरेका छन् । भारतको उत्तरी सीमा लद्दाख तथा उत्तराखण्डसँग जोडिएको कैलाश क्षेत्रमा चीनले ठूलो संख्यामा सेना तथा सैन्य उपकरण तैनाथ गर्दै आएको छ । चीनको सुरक्षाका लागि तिब्बत संवेदनशील भएका कारण पनि भारतीय पर्यटकलाई अनुमति नदिएको हुनसक्ने टुर अपरेटर्सहरुको दाबी छ । नपाएपछि आर्थिक रूपमा असर परेको कैलाश यात्राका नेपाली टुर अपरेटर व्यवसायी बताउँछन् ।

व्यवसायीका अनुसार नेपालबाट कोभिडभन्दा पहिला हरेक वर्ष नेपाली, भारतीय र अन्य मुलुकका गरी करिब २० हजार तिर्थयात्रु कैलाश मानसरोवर जाने गरेका थिए । कैलाश जाने भारतीय यात्रीका कारण नेपालगन्ज तथा हुम्लाका होटेल चलेका थिए । भारतीय पर्यटकको अवरोधपछि यहाँको पर्यटनमा समस्या यथावत हुने अनुमान छ ।