प्रभु बैंक र काठमाडौँ महानगरपालिकाबीच सम्झौता
५ चैत, काठमाण्डौ ।
प्रभु बैंक लिमिटेड र काठमाडौँ महानगरपालिकाबीच सम्झौता भएको छ ।
काठमाडौं महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजारस्थित आकाशेपुल मुनिको ट्राफिक आइल्याण्ड र तिनधारा संस्कृत पाठशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैंचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने/रेखदेख गर्ने सो को संचालन तथा शहरी सौन्दर्यीकरण कामका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको समुपस्थितीमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाडौं महानगरपालिकाका तर्फबाट सहसचिव राजेश्वर ज्ञवालीले उक्त सम्झौतापत्रमा एक समारोहकावीच हस्ताक्षर गरे ।
यसबैंकका नेपाल भरिमा २०८ शाखा संजाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ्गसेवा तथा १५८ एटिएम रहेका छन् ।
प्रतिकृया दिनुहोस्