घरेलु तथा साना उद्योग महासंघको कार्यक्रम स्थगित
चैत ५ काठमाडौं ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्ना घोषित कार्यक्रमहरू स्थगित गरेको छ । विश्व्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै नेपाल घरेलु तथा साना उद्योगले सबै कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो ।
हालसम्म नेपालमा हालसम्म न्यून संक्रमण देखिए पनि नेपाल सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सव लगायत भीडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक आव्हान गरेको छ । सरकारको उक्त आव्हानलाई बेवास्ता गर्दै सजगता र सावधानी नअपनाइए महामारीका रूप लिनसक्ने देखिएकोले कार्यक्रमहरू स्थगित गरेको महासंघले जनाएको छ ।
महासंघले चैत १४, १५, १६ गते राजधानीमा राष्ट्रिय महाअधिवेशनका साथै प्रदेश तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीको कार्यक्रम तय गरेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम मुलुकको दर्जामा राखेको छ । तसर्थ सरकारले गरेको आव्हान विपरित घोषित कार्यक्रम गर्नु वाञ्छनीय नहुने महासंघको ठहर छ ।
त्यस्तै अन्य मुलुकको तुलनामा नेपालमा हालसम्म न्यून संक्रमण देखिएको भएतापनि सजगता र सावधानी अपनाइएन भने यसले हाम्रो मुलुकमा पनि महामारीको रुप लिन सक्ने भएकाले यसतर्फ सजग रहन सबै समक्ष महासंघले अपिल गरेको छ ।
प्रतिकृया दिनुहोस्