January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

मेगा बैंकद्वारा महिला उद्यमीलाई प्रशिक्षण

मेगा बैंकद्वारा महिला उद्यमीलाई प्रशिक्षण

५ चैत्र २०७६ 

Advertisement

मेगा बैंक नेपालले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीलाई बैंकले सुनसरीको धरानमा प्रशिक्षण कार्यक्रम गरेको बताएको छ । 

Advertisement

कार्यक्रममा महिला उद्यमीहरुलाई बचत, बैंकिङ कर्जा, व्यवसायिक सफलतामा बैंकको महत्वका साथै मेगा बैंकले प्रदान गर्दै आएका विभिन्न सेवा सुविधाका बारेमा माइक्रो बैंकिङ विभागका प्रमुख पुण्य खनिया, मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले लगायतले प्रशिक्षण दिएका थिए ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले आयोजना गरेको कार्यक्रममा महिला उद्यमीलाई बचत, बैंकिङ कर्जा, व्यावसायिक सफलतामा बैंकको महत्त्वका बारेमा जानकारी दिइएको छ । साथै मेगा बैंकले प्रदान गर्दै आएका विभिन्न सेवासुविधाका बारेमा पनि कार्यक्रममा जानकारी दिइएको बैंकले बताएको छ ।