भरतपुरमा ७२ घण्टामै ‘कोरोना विशेष अस्पताल’ तयार
६ चैत, काठमाडौं ।
‘मेडिकल सिटी’को रुपमा विकसित हुँदै गएको चितवनको भरतपुरमा कोरोनाको रोकथाम र सङ्क्रमणपछिको उपचारलाई सहज बनाउन ७२ घण्टामै अस्पताल बनाइएको छ। मंगलबार भरतपुर महानगरपालिकाले ७२ घन्टामा अस्पताल तयार हुने जानकारी गराएको थियो ।
भरतपुरस्थित उद्योग वाणिज्य संघको प्रदर्शनी हलमा कोरोना विशेष अस्पताल तयार पारिएको हो । जसमा १० शैयाको आइसियू, १० शैयाको एचडियू र ५० शैयाको जनरल वार्ड बनाइएको छ ।
कुल ७० बेडमध्ये ५० वटा जनरल, १० वटा सघन कक्ष (आइसीयू) र अपाङ तथा अशक्तका लागि १० वटा एचडियु बेड रहने छन् । ओपीडी सेवासहितको अस्पताल विशेषज्ञहरुको निगरानीमा सञ्चालन गरिने छ ।
भरतपुर महानगरपालिकाको विशेष पहलमा चितवनका उद्योगी, व्यापारी, नागरिक अगुवा, बौद्धिक समुह, चिकित्सकहरु, सुरक्षा निकायले अस्पताल निर्माणमा योगदान गरेका छन् ।
प्रतिकृया दिनुहोस्