January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

सुनको भाउमा गिरावट,ताेलामा १५ सय घट्यो

६ चैत, काठमाडौं ।

Advertisement

सुनको मूल्य आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ। 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँको गिरावट आएको छ। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ७५ हजार रुपैयाँ र तेजाबी सुन ७४ हजार ७०० रुपैयाँमा झरेको छ। 

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ७१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३० रुपैयाँले घटेर ६८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।