नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा सर्यो, जेठ ७ र ८ मा हुने
चैत ०६, काठमाडौं ।
उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा जेठ ७ र ८ मा हुने भएको छ। महासंघको विहिबार बसेको पदाधिकारी बैठकले चैत २८ र २९ गते हुने भनिएको साधारणसभा स्थगित गर्दै नयाँ मिति तोकेको हो।
महासंघकी अध्यक्ष भवानी राणाले सबै पदाधिकारीको एकमतमा साधारणसभा सार्ने निर्णय भएको जानकारी दिईन्। यो निर्णयलाई स्थायी समितिले सदर गर्नेछ।
उनले भनिन, ‘ कारोना भाइरस (कोभिड–१९)का कारण विश्व नै त्रसित भइरहेको बेलामा आज महासंघमा बसेको पदाधिकारीको बैठकले राहतका कार्यक्रममा केन्द्रीत हुने र महासंघको साधारणभा भने जेष्ठको ८ र ९ गते गर्ने निर्णय गरेको छ । ‘
साधारण सभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सम्भवतः अध्यक्ष हुँदैछन् भने वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्रप्रसाद ढकालले उमेदवारी घोषणा गरेर चुनावी मैदान उत्रिएका छन्।
प्रतिकृया दिनुहोस्