May 15, 2025, Thursday
२०८२ जेष्ठ २

बिजुली, मालपोत र यातायात बिल तिर्न ढिला भए जरीवाना नलाग्‍ने

बिजुली, मालपोत र यातायात बिल तिर्न ढिला भए जरीवाना नलाग्‍ने

चैत ०६, काठमाडौं । 

Advertisement

सरकारले सरकारी कार्यालयमा भिडभाड कम गर्न मालपोत, विद्युत, र यातायातमा लाग्ने जरीवानावापतको शुल्क मिनाह गर्ने भएको छ । सरकारले रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा बिहीबार यस्तो निर्णय गरेको हो ।

Advertisement

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीवारको बैठकमा सो छलफल भएको थियो। सो विषय उच्चस्तरीय समितिबाट निर्णय भएको हो।

बुधबार मात्रै सरकारले २५ जना भन्दा बढी एक ठाँउमा भेला नहुन निर्देशन दिएको थियो।