May 15, 2025, Thursday
२०८२ जेष्ठ २

सार्वजनिक सवारी साधनमा सिट भन्दा बढी यात्रु बोक्न रोक, ५० प्रतिशत यात्रु घटे

सार्वजनिक सवारी साधनमा सिट भन्दा बढी यात्रु बोक्न रोक, ५० प्रतिशत यात्रु घटे

चैत्र ६, काठमाडौँ ।
विश्वभर फैलिएको कोरोना भाईरस नेपालमा फैलिन नदिन सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यो निर्णय गरेको हो ।

अब समय–समयमा सवारीसाधनले ‘डिसइन्फेक्सन’ गर्नुपर्ने भएको र सवारी साधनमा नियमित ‘डिसइन्फेक्सन’ गरे नगरेको विषयमा यातायात व्यवस्था विभाग र नेपाल प्रहरीले अनुगमन गर्नेछ ।
कोरोना भाइरसको त्रासले गर्दा दैनिक ३ लाख मानिसले आवतजावत गर्ने सार्वजनिक यातायातमा अहिले १ लाख २० हजार जनाले मात्र यात्रा गर्ने गरेको पाईन्छ ।


यसैबिच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सबै कर्मचारीलाई मास्क र पन्जाको अनिवार्य प्रयोग गर्न, निश्चित समयको अन्तरालमा र खाना खानु अघी साबुन–पानीले मज्जाले हात सफा गर्न, सवारी साधनको नियमित सरसफाइ गर्न, तोकिएको ठाउँमा मात्र खाना र खाजा खान अनुरोध गरेको छ ।

Advertisement