भुकुटीमण्डपको बजार बन्द हुने
- वाणिज्य न्युज
- ६ चैत्र २०७६
चैत्र ६, काठमाडौँ ।
काठमाडौंको भृकुटीमण्डमा रहेको बजार १० दिनका लागि बन्द हुने भएको छ । भृकुटीमण्डपस्थित निम्न व्यापारी संघले शुक्रबारदेखि लागू हुने गरी १० दिनका लागि बजार बन्द गर्ने निर्णय गरेको हो । अब चैत १७ गतेसम्म भृकुटीमण्डपका सबै पसलहरु बन्द हुनेछन् ।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले २५ जनाभन्दा बढी व्यक्तिलाई भेला नहुन भनेको छ ।
सरकारको सोही निर्णय अनुसार शुक्रबारदेखि लागू हुने गरी भृकुटीमण्डप बजार बन्द गर्ने निर्णय गरिएको संघले जानकारी दिएको हो ।
प्रतिकृया दिनुहोस्