अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुमारबहादुर खत्रीलाई पुनः नियुक्त गरेको छ ।
सीईओ खत्रीको ४ वर्षे कार्यकाल थप गर्ने कम्पनीको निणर्यलाई बीमा समितिले स्वीकृत गरेपछि ९ जेठबाट खत्रीले पुनः ४ वर्ष कार्यकालका लागि सीईओको जिम्मेवारी सम्हालेको कम्पनीले जनाएको छ ।
यससँगै उनी अब थप चार वर्षका लागि अजोडको सीईओको भूमिकामा रहने भएका छन्। कम्पनीको संचालक समितिको गत बैशाख १५ गते बसेको १०४ औं बैठकको निणर्यानुसार कम्पनीको सिइओमा खत्री नियुक्त भएका हुन् ।


