January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

छनौट प्रक्रिया पूरा नगरी स्वास्थ्य परीक्षण गरे कारवाहिमा

छनौट प्रक्रिया पूरा नगरी स्वास्थ्य परीक्षण गरे कारवाहिमा

१९ कार्तिक २०७६ ,काठमाडौँ ।
वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति बमोजिम विज्ञापन गरी छनौट प्रक्रिया पूरा नगरेका कामदारहरूलाई स्वास्थ्य परीक्षण लगायतका प्रक्रियामा सहभागी नगराउन चेतावनी दिएको छ । मेडिकल र आइएससी(जसलाई जिएसजी गराउने भनेर बुझिन्छ) भन्दै दलालले झुक्क्याएर सोझा साझा नेपालीबाट करोडौँ रकम असुल्दै आएपछि विभागले सचेत गराएको हो । मलेसिया मुलुकमा रोजगारीमा कामदार पठाउने सम्बन्धमा वैदेशिक रोजगार कार्यालय ताहाचलबाट हालसम्म करिब १८०० कामदारको मात्र पूर्व स्वीकृति लिएको देखिएको तर करिब एक लाख बढी कामदारको मेडिकल र जीएसजी लगायत प्रक्रियाका नाममा कामदारको ठुलो रकम खर्चभईरहको छ ।

Advertisement