June 16, 2024, Sunday
२ असार २०८१, आईतवार

म्युजिकबाट विश्व खाने योजना राखिन्छन् मेनुका

म्युजिकबाट विश्व खाने योजना राखिन्छन् मेनुका

इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेलको प्रसिद्धि यतिबेला चुलिएको छ।
इण्डियन आइडलको जारी १४ औं सिजनको अन्तिम १० बाट बाहिरीएकी उनलाई हाल अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ । । इण्डियन आइडलले दिलाएको चर्चाले उनको सांगीतिक करिअरलाई पूरै मोडिदिएको छ ।

Advertisement

केही समय अघि मेचीपुल हुँदै नेपाल आएकी उनलाई गृहजिल्ला झापामा भव्य स्वागत भएको थियो।
एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै मेनुकाले आफ्नो विश्व खाने योजना रहेको बताइन् । ‘मेरो विश्व खाने योजना छ, नेपाल र इण्डिया त‘ । म्युजिकबाट मैले विश्व खानैपर्छ,’ उनले भनिन् ।

Advertisement

‘यो उत्साह भगवानको कृपा हो । जहिले पनि म बिहान उठेपछि साईबाबासँग प्रार्थना गर्छु । रियाज गर्न बस्दा पनि स्वामीको फोटो मेरो अगाडि नै हुन्छ । मैले भन्ने कुरा नै के हो भने बाबा मलाई एउटा ऊर्जा प्रदान गरिदिनुस् बाँकी कुरा म मिहेनत गर्छु भन्ने प्रार्थना हुन्छ,’ उनले भनिन्, ‘भगवानले मलाई हिम्मत दिनुहुन्छ र त्यसलाई स्वीकारेपछि राम्रै हुन्छ जस्तो लाग्छ ।’

 

इण्डियन आइडल टुरअन्तर्गत अप्रिलदेखि उनको विश्व यात्रा सुरु हुनेछ । अप्रिलमा मौरिसस र बेलायतमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । मेदेखि एक महिनाको अवधि अमेरिकामा छ । त्यसपछि दक्षिण अफ्रिका र अन्य दुई मुलुकमा कन्सर्ट हुने मेनुकाले बताएकी छन् ।

इण्डियन आइडलको जारी सिजनमा मेनुकालाई लिएर वाइल्ड कार्ड इन्ट्रीको चर्चा पनि भइरहेको छ ।