April 30, 2025, Wednesday
[nepali_today_date]

मागी विवाह राम्रो

मागी विवाह राम्रो

कार्तिक ३, काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न सार्क फिल्म फेस्टिबलमा ‘बेस्ट एक्ट्रेस अवार्ड’ पाएपछि यत्रतत्र सर्वत्र अभिनेत्री गरिमा पन्तकै चर्चा छ । यस्तो गरिमामय र प्रतिष्ठित पुरस्कार पाएलगत्तै उहाँले राष्ट्रपति रामवरण यादवको हातबाट ‘राष्ट्रिय अवार्ड’ पनि पाउनुभयो । गरिमालाई यति भव्य सम्मान दिलाउने फिल्मचाहिँ ‘झोला’ हो । राष्ट्रपतिले बधाई ज्ञापन गर्दै नीलो सारीमा ठा“टिएकी अभिनेत्रीलाई रातो पाइलट पेनले अटोग्राफ दिंदै लेख्नुभयो– ‘राम्रो गर्नू, आशीर्वाद छ ।’
निकै समयअघि नेपाली फिल्म ‘माइतीघर’ हेर्नुभएका राष्ट्रपति यादवले गरिमाले अवार्ड जितेको फिल्म ‘झोला’ सँगै बसेर हेर्ने रहरसमेत गर्नुभयो । त्यसो त सार्क फिल्म फेस्टिबलमा ‘बेस्ट एक्ट्रेस अवार्ड’ उहाँकोे जिन्दगीकै पहिलो अवार्ड हो । ‘यो मलाई मात्र दिइएको अवार्ड होइन । यो सम्पूणर््ँ नेपाली सिनेमाका नायिका र सिने Ôेत्रलाई दिइएको अवार्ड हो,’ उहाँ भन्नुहुन्छ ।
प्रायः फिल्ममा दुःखको भूमिकामा देखिने अभिनेत्री गरिमा पन्त नौ वर्Èदेखि लगातार नेपाली सिनेनगरीमा अनवरत रुपमा लागिरहनुभएको छ । अहिलेसम्म उहाँले तीन दर्जनभन्दा बढी फिल्ममा काम गरिसक्नुभएको छ । कृष्ण धराबासीको सति प्रथामा आधारित कथा झोलाको व्यावसायिक सफलतापछि उहाँको व्यस्तता पनि शिखरमै छ ।
तनहु“को बराहीमा जन्मिएर स्नातकोत्तरसम्म अध्ययन गर्नुभएकी पन्तको अभिनय यात्रा भने आहा चाउचाउको विज्ञापनबाट सुरु भएको हो । त्यसपछि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘चाहना मनको’ टेलिसिरियलमा अभिनय गर्नुभयो । उहाँको पहिलो फिल्म भने ‘निखिल दाइ’ हो । उहाँले ठूली, रंग बैजनी, जीवनमृत्यु, फूल, पराई, मनले मनलाई छुन्छ, सम्झना, दिदीभाइ, दानवीर, अर्जुनदेव, प्रीतिको फूल, सुन्दर मेरो नाम, किन लाग्छ माया इत्यादि नेपाली तथा पा“चवटा भोजपुरी फिल्ममा आङ्खनो अभिनय प्रस्तुत गरिसक्नुभएको छ । तर, अभिनययात्रामा बिर्सन नसक्ने फिल्म भने झोला नै भएको छ । ‘यो पुरानो नेपाली समाजको यथार्थ हो, इतिहास हो । पक्कै बन्नुपर्छ यस्ता फिल्म । तर यसको अर्थ सवै यस्तै खाले बन्नुपर्छ भन्ने हैन,’ उहाँ भन्नुहुन्छ ।
झोलामा उहाँले ६० वर्Èको बूढाको २२–२५ वर्Èकी श्रीमतीको भूमिका निर्वाह गर्नुभएको छ । सय वर्Èअगाडिको बोलीचाली, घर तथा लुगाकपडा अनि परिवेशमा छ फिल्म । वृद्ध पुरुÈको मृत्युपश्चात चितामा जिउ“दै जल्नुपर्ने र नमानेलाई जबर्जस्ती बलेको आगोमा हालिदिने क्रूर घटना यसमा छ ।
त्यसको अभिनयमा उहाँ कति डुब्नुभयो भने धादिङको अनकन्टार गाउ“मा पुगेर एक महिना नुहाउनुभएन । कपाल कोर्नुभएन । ऐनामा आङ्खनै अनुहार देखेर तर्सिनुपर्ने स्थिति पनि आयो । सन्चो–बिसन्चो सुनाउने प्रयोजन बाहेक फोन पनि चलाउनुभएन । सुटिङताका चार घन्टा खाली खुट्टा हि“ड्नुपथ्र्यो । गोडा चरचरी फुट्यो, ठेला उठेर सोला हान्थ्यो, उहाँ दाह्रा किटेर सहनुहुन्थ्यो । एक हिरोको अघिपछि साडी उडाउ“दै नाच्ने ग्ल्यामर्स कल्पना छाडेर ‘सती’ बन्ने अठोट गर्नुभयो फिल्ममा । वास्तवमा त्यो ‘एक्सपोज’ नभएर यथार्थ थियो । चुनौती र अवसर थियो । फिल्मको प्रिमियर सोमा आएका महिला सभासद्हरु उहाँलाई अ“गालो मारेर रुदै अब दाइजो प्रथामाथि फिल्म खेल्न सुझाए । राष्ट्रकवि माधव घिमिरेले त हात समातेर फोटो खिचाउँदै भन्नुभयो, ‘एकदमै यथार्थ अभिनय गर्यौ नानी ।’


सानै उमेरदेखि उहाँ कलाकार बन्न चाहनुहुन्थ्यो । कलाकार नभएको भए व्यापार गर्दै हुन्थे“ भन्ने लाग्छ उहाँलाई । कलाकारका रुपमा उहाँका लागि आङ्खनो घर नै पहिलो पाठशाला हो र आमा बुबा नै गुरु । उहाँको भनाइमा परिवारको सहयोग विना कलाकार मात्र होइन, कुनै काममा पनि सफलता पाउन सकि“दैन । हरेक काममा परिवारको सहयोग हुनु जरुरी छ । ग्रिमालाई आफ्नो सौन्दर्यको राज सकारात्मक विचार, खानपिन र व्यायाम जस्तो लाग्छ । उहाँ खानपिनमा ध्यान दिनुका साथै नियमिति योगा र व्यायाम गर्नुहुन्छ, पानी प्रशस्त पिउनुहुन्छ । घरमै बनाएको गाजल लगाउनुहुन्छ ।
सबैलाई थाहा छ, उहाँले विवाह गर्नुभएको छैन । जन्म, मृत्यु र विवाह आङ्खनो वशमा छैन । चा“डै विवाह गरेर दुःखी हुनु नहुने उहाँको धारणा छ । तर, उहाँलाई प्रेम विवाहभन्दा मागी विवाह नै मनपर्छ । त्यसो त अहिले पहिलाको जस्तो मागी विवाहमा बिहेभन्दा अगाडि केटाकेटीको बोलचाल नै नहुने समय छैन । मागी विवाहमा पनि एकले अर्काको भावना बुझेर बिहे गर्ने चलन उहाँलाई राम्रो लाग्छ ।
उसो त कÔा छ मा पढ्दा नै एक केटाले उहाँलाई प्रपोज हानेछ, चिठी लेखेर । उसले त्यो चिठी मेरो कितावको बीच पानामा राखिदिएको थियो । पा“च जना साथी मिलेर उसलाई स्कुल पछाडिको बगैचामा लगेर उल्लु बनाएको सम्झँदा उहाँलाई रमाइलो लाग्छ ।
अहिलेसम्म उहाँका कोही प्रेमी छैनन् । कुनै युवकमा आँखा गएको पनि छैन । तर, जीवनमै पहिलो पटक तिजमा व्रत भने बस्नुभयो । अविवाहितहरुको चाहना राम्रो पति पाउ“ भन्ने हुन्छ भने विवाहितहरुको चाहना पतिको आयू लामो होस् भन्ने । गरिमा भने आङ्खनो परम्परा र रीतिरिवाजलाई पनि अगाडि बढाउनका लागि व्रत बस्नुभयो रे । उहाँ भन्नुहुन्छ– नेपालमा सबैभन्दा बढी महिलाहरु पुरुÈबाट पेलिएका छन् । सबैभन्दा धेरै महिला हिंसा नै यहीँ हुन्छ । अनि त्यही पुरुÈका लागि किन व्रत बस्नु ?’
उहाँको भनाइमा जीवनलाई जसरी हे¥यो त्यसरी परिभाÈित गर्न सकिन्छ । अर्को कुरा जीवन उकाली ओराली हो । उकालोबाट हेरे ओरालो देखिन्छ, ओरालोबाट हेरे उकालो देखिन्छ । कलाकारका रुपमा उहाँलाई मिथिला शर्मा, गौरी मल्ल र निर शाहको अभिनय मनपर्छन् भने निर्देशकमा शिव रेग्मी । त्यसो त उहाँ आफैं शिव रेग्मीकी प्रिय नायिका हुनुहुन्थ्यो । उहाँको मनपर्ने गायिका र गीत आनी छोइङ र फूलको आ“खामा ¬ हुन् । उहाँलाई साहित्यमा रुची छ । कथा, कविता पनि लेख्नुहुन्छ । केही समयपछि कविता संग्रह बजारमा ल्याउने विचार छ ।

Advertisement