दुर्गेश थापाले मागे क्षमा

दुर्गेश थापाले मागे क्षमा

६ कार्तिक, २०७६
‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको विवादित गीत गाएपछि पक्राउ परेका गायक दुर्गेश थापाले अन्ततः माफ्mि मागेका छन् । थापाले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै गीतका कारण मदिरा सेवन गर्न प्रेरित गर्ने भाव आएकोले माफ्mि मागेका हुन् । उनले प्रहरीको आग्रहपछि सो गीत युट्युबबाट हटाइसकेका छन् ।
गीतका बारेमा सोधपुछ गर्न थापालाई महानगरीय प्रहरी परिसरले मंगलबार नियन्त्रणमा लिएको थियो ।