राते काँईला अव सलमानको बलिउड फिल्ममा
२४ कात्तिक, काठमाडौं –
नेपाली फिल्मी दुनियामा राते काइलोको उपनाम पाएका अभिनेता सुनील थापा फेरी बलिउडको फिल्म खेल्ने भएका छन् । बलिउडबाटै फिल्मी यात्रा तय गरेका ६४ वर्षीय यी अभिनेता अब सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने भएका छन् ।
झन्डै ३ सय नेपाली फिल्म खेलेका यी अभिनेता सन् १९६४ मा चेतन आनन्दको चर्चित फिल्म ‘साहिब बहादुर’ बाट बलिउडमा प्रवेश गरेका थिए । त्यसपछि तेलगु फिल्म ‘काश्मिर कादली’ मा अभिनय गरेका उनले त्यसलगत्तै बलिउडको अर्को अत्यन्त सफल फिल्म ‘एक दुजेके लिए’ मा अभिनय गरेका थिए । त्यपछि नेपाल छिरेका थापा नेपाली फिल्म ‘साइनो’ मा राते काइलाको भुमिकामा देखिएकापछि नेपाली फिल्ममा मज्जाले जमेका हुन् ।
त्यसो त पाँच वर्षअघि बलिउड फिल्म ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनील थापा । लामो समय उनी यही फिल्मको गेटअपमा देखिरहे ।
तीन वटा नेपाली फिल्मको छायांकन बाँकी रहेकाले जनवरीदेखि उनी बलिउड सुटिङका लागि जाने छन् । ‘क्वाथा’ बाटै बलिउड अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल क्याफले डेब्यु गर्न लागेकी छन् ।
आयुष शर्मा मुख्य भूमिकामा रहने यो फिल्मको निर्देशन करन भने भुटानीले गर्दै छन् । भारतको मणिपुर राज्यको कथा रहेको ‘क्वाथा’ मा थापा त्यहाँको मुखियाको भूमिका रहने छन् ।
प्रतिकृया दिनुहोस्