‘चपली हाइट’ को तेस्रो श्रृंखलाको शुभ मुहूर्त
अभिनेत्री विनिता बराल स्टारर सुपरहिट चलचित्र ‘चपली हाइट’ को तेस्रो श्रृंखलाको शुभ मुहूर्त गरिएको छ । मंगलबार काठमाडौंको बुङमती र खोकना गाउको बीचमा अवस्थित कार्य विनायक मन्दिरमा स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गरेर चलचत्रको मुहूर्त गरिएको हो । चलचित्रको मंसिर ५ गतेबाट छायांकन सुरु हुँदैछ । भने, एक महिनाको सुटिङ सेड्युल राखिएको छ । महूर्त समारोहमा अभिनेत्री द्वय स्वस्तिमा खड्का र सुपुष्पा भट्ट, अभिनेता आमिर गौतम, नव–अभिनेता द्वय महेश त्रिपाठी र प्रतिक श्रेष्ठसँगै निर्माता अर्जुन कुमार, निर्देशक निकेश खड्कालगायतले एकसाथ क्लाप गरेका छन् । अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा प्रस्तुत हुने छ । चैतमा प्रदर्शनमा ल्याउने तयारी गरिएको ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गर्न लागेको हो ।
प्रतिकृया दिनुहोस्