March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कालीकोटकी नन्दासँग विवाह बन्धनमा बाँधिदै रमेश प्रसाईं

कालीकोटकी नन्दासँग विवाह बन्धनमा बाँधिदै रमेश प्रसाईं

मंसिर १६, काठमाडौं ।
चर्चित पब्लिक स्पिकर तथा पछिल्लो समय गायकको छवि बनाएका रमेश प्रसाईं विवाह बन्धनमा बाँधिने भएका छन् । प्रसाईंले कालीकोट महाबै गाउँपालिका–४ की नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् ।

आफ्नो अद्भुत क्षमताका कारण चर्चित प्रसाइको विवाह मंसिर २२ गते धरानबाट हुने तय भएको छ । रमेश प्रसाईंसँग विवाह गर्न लागेकी नन्दा पनि दृष्टिविहीन हुन् । उनी समाजसेवामा सक्रिय छिन् । सिंहले बालगृह समेत सञ्चालन गर्दै आएकी छन् ।

पब्लिक स्पिकर, गायक लगायत विभिन्न विधामा आफूलाई अब्बल साबित गर्दै आएका रमेश र लोकदोहोरी गायिका कल्पना दाहालबीच विवाह हुने हल्ला चले पनि अन्ततः रमेशले यसलाई साथीत्व मात्र भएको जनाएका छन् । यी दुवैलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ ।

Advertisement