April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

श्वेता खड्काले मंसिर २२ मा विवाह गर्दे, को हुन् दुलाहा ? यस्तो छ विवाह कार्ड

श्वेता खड्काले मंसिर २२ मा विवाह गर्दे, को हुन् दुलाहा ? यस्तो छ विवाह कार्ड


काठमाडौं, मंसिर । नेपाल चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाधिँने भएकी छिन् । केही समयदेखि प्रेममा रहेकी श्वेताले मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी हुन् । दसैँ तिहारको बीचमा उनको विवाह हुनेबारे धेरै नै चर्चा चलेको थियो । तर श्वेताले भने आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको भन्दै लुकाउँदै आएकी थिइन् ।


उनीहरूको निमन्त्रणा पत्र समेत सार्वजनिक भएको छ । विवाह कार्डमा लेखिए अनुसार उनको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुने छ । विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने छन् ।

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । निधन पश्च्यात उनी एक्लो जीबन विताउँदै आएकी थिइन् ।

Advertisement