April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

स्वेता खड्काले कसिन् लगनगाँठो

स्वेता खड्काले कसिन् लगनगाँठो

मंसिर २२, काठमाडौं ।
नायिका स्वेता खड्का वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् ।

केही समयदेखि प्रेममा रहेका उनीहरुले पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह गरेका हुन् । नायिका खड्काले बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।

 पति श्रीकृष्ण श्रेष्ठको निधन भएको करिब ६ वर्षपछि श्वेता  विजयन्द्र सिंहसँग विवाह बन्धनमा बाधिँएकी हुन् ।  चलचित्र कहाँ भेटिएला बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी श्वेताले हालसम्म आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।  

Advertisement