April 30, 2025, Wednesday
[nepali_today_date]

तीनसय गुनाले बढयो आयुष्मानको तलब

तीनसय गुनाले बढयो आयुष्मानको तलब

शानिवार १४, मंसिर २०७६,
फिल्म सुपरहित भएपछि के सम्म हुन्छ त्यस्को परिमाण यतिखेर हिन्दी फिल्म स्टार आयुष्मान खुर्रानालाई हेरे पुग्छ । लगातार सिनेमा ब्लकबस्टर भएपछि बलिउड अभिनेता आयुष्मान खुर्रानाको खेल्ने विज्ञापन बापतको पारिश्रमिक तीन सय प्रतिशतले बढेको छ । लगातार ७ ब्ल्कबस्टर सिनेमा दिएपछि उनले विज्ञापनको प्रायोजन गरेबापत पाउँदै आएको रकममा भारी वृद्धि गरेका हुन् । यस वर्ष उनी अभिनित तीन सिनेमा रिलिज हुँदै वक्सअफिसमा सुपरहिट सावित भए । आर्टिकल १५, ड्रीमगर्ल र बाला यसवर्ष वक्सअफिसमा सुपरहिट भएका सिनेमा हुन् । गत वर्षपनि उनी अभिनित ’बधाईं हो’ र ’अन्दाधुन्द’ सुपरहिट भएका थिए ।

Advertisement