March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा गणना शुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा गणना शुरु

चैत २०, कञ्चनपुर

Advertisement

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीवारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिंगे गैँडा गणना गर्ने कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ ।

Advertisement

निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन ओटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जामगरले बताए । ‘गणनाको कार्य एक हप्ताभित्रै सम्पन्न गर्ने गरी शुरु गरेका छौँ”, उनले भने, ‘गणनाको कार्यसँगै गैँडाको बासस्थान र अवस्थाबारे समेत जानकारी लिइने छ ।’

प्रत्येक चार वर्षको अन्तरालमा निकुञ्जमा गैँडा गणनाको कार्य हुँदै आएको छ । निकुञ्जमा १७ ओटा गैँडा संरक्षित रहेका छन् । तीमध्ये १० ओटा भाले, पाँचओटा पोथी र दुई ओटा केटाकेटी संरक्षित रहेका छन् ।

गैँडाको वासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि निकुञ्जमा गैँडाको संख्या बढ्दै गएको छ । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारओटा गैँडा शुक्लाफाँटामा ल्याइएको थियो ।

त्यसपछि सन् २०१७ मा पाँचओटा गैँडा निकुञ्जमा ल्याइएको थियो । स्थानान्तरण भएको दुई दशकपछि गैँडाको संख्या सन्तोषजनक रूपमा वृद्धि हुँदै गएको छ । रासस