चलचित्र निर्देशक समाजको अध्यक्षमा राणा विजयी, चल्तीका अधिकांस निर्देशक गायब
मंसिर २९, काठमाडौं ।
शनिबार चलचित्र निर्देशक समाजले नयाँ नेतृत्व पाएको छ । आफ्नो प्रतिद्वन्दी सुचित्रा श्रेष्ठ (निर्वतमान अध्यक्ष) लाई एक भोटले हराएर रक्षा सिंह राणा तीन वर्षका लागि निर्देशक समाजको अध्यक्षमा निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्दी सुचित्रा श्रेष्ठलाई एक मतले उछिन्दै राणा अध्यक्षमा विजयी बनेकी हुन् । चलचित्र विकास बोर्डको हलमा भएको निर्वाचनमा सहभागी हुनुपर्ने जम्मा २१७ मतदातामा १३५ मत खसेको थियो । तीन वर्षे कार्यकालका लागि निर्देशक समाजको अध्यक्ष पदमा विजयी भएकी राणाले ४५ मत प्राप्त गर्दा श्रेष्ठ (निवर्तमान अध्यक्ष) ले ४४ मत प्राप्त गरिन् । त्यस्तै, अध्यक्षका अन्य प्रत्यासीहरु लक्ष्मण रिजाल र शेखर खनालले क्रमश १९ र ३ मत प्राप्त गरे ।
त्यस्तै, राजु अधिकारी र राजेन्द्र कुमार उप्रेती उपाध्यक्ष पदमा निवार्चित हुँदा महासचिवमा जनकदीप पराजुली र सचिवमा अरुण कुमार प्रधान विजयी भएका छन् । यि सदस्य निर्वाचित हुँदा फिल्मी समाज पुराना निर्देशक खोइ ? भन्ने प्रश्न तेर्सिएको छ ।
अहिले नेपाली फिल्मसँग सम्बन्धित संघसंस्थाहरु आफ्नो पेशाको बलमा भन्दा राजनीतिक आडमा चल्ने गरेका स्पष्ट पारेको छ । तर, शनिबार चलचित्र विकास बोर्डको हलमा भएको निर्वाचनमा अहिलेका चल्तीका निर्देशकहरुलाई देख्नै गाह्रो थियो । निर्देशक समाजको निर्वाचनमा अहिलेका चल्तीका निर्देशकहरु न मतदान गर्न उपस्थित थिए न त कुनै पदमा उम्मेदवारी नै दिएका थिए । २१७ मतदातामध्ये १३५ मात्र मत खस्नुले नै प्रस्ट्याउँछ कि धेरै निर्देशकलाई संघप्रति कुनै चासै छैन । स्वयं अध्यक्षमा निर्वाचित राणाले पछिल्लो पटक कुन फिल्म निर्देशन गरेकी थिइन् भन्ने कुरा मतदान गर्ने धेरैजसो निर्देशकहरुलाई समेत थाहा थिएन । अन्य पदमा विजयी भएका पदाधिकारीहरु पनि कुन फिल्मका निर्देशक हुन भन्ने मतदाता नै अन्योलमा थिए । दशक अगाडि एक फिल्म गरेर बसेका निर्देशकहरुकै अधिवेशनमा बढी भीडभाड देखिन्थ्यो । त्यसैले निर्देशक समाजको निर्वाचन माहोल हेर्न पुगेका फिल्म क्षेत्रका धेरैजसो व्यक्तिहरु बेरोजगारहरुको संस्था भन्दै कानेखुसी गरिरहेका थिए ।
प्रतिकृया दिनुहोस्