March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

अभिनेत्री गीता बहलको कोरोना संक्रमणका कारण निधन

अभिनेत्री गीता बहलको कोरोना संक्रमणका कारण निधन

मुम्बई– सन् ९० को दशकी चर्चित अभिनेत्री गीता बहलको शनिबार राती कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना पोजेटिभ देखिएपछि गीतालाई १९ अप्रिलमा मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा ६४ वर्षको उमेरमा निधन भएको हो । अभिनेता रवि बहलकी बहिनी समेत रहेकी उनी अभिनेता ऋषि कपूरदेखि लिएर शत्रुघ्न सिन्हाजस्ता ठूला स्टारका साथ अभिनय गरेकी छिन् ।
गीतासँगै उनका दाजु रवि, उनकी ८५ वर्षकी आमा र घरमा काम गर्ने एक महिला कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । तर घरमा आइसोलेसनमा रहेका तीनजना अहिले स्वस्थ भइसकेका छन् ।

तर गीताको स्वास्थ्य अवस्थामा खराब हुँदै गएपछि उनलाई अप्रिल २६ मा आइसीयूमा सारिएको थियो । उनलाई दुई दिन अघि भेण्टीलेटरमा राखिएको थियो । गीताले सन् १९७८ मा निर्देशक राज खोसलाको हिट फिल्म ‘मे तुलसी तेरे आँगन की’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यो फिल्ममा विनोद खन्ना, नूतन र आशा पारेख जस्ता दिग्गज कलाकारको अभिनय थियो ।

उनले ९० को दशकमा ऋषि कपूर र मौसमी चटर्जीका साथ फिल्म ‘दो प्रेमी’, ‘जमानेको दिखाना है’, ‘मैने जीना सिख लिया’, ‘मेरा दोस्त मेरा दुश्मन’, ‘नयाँ सफर’ जस्ता हिन्दी फिल्ममा अभिनय गरिन् ।

Advertisement