February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

चलचित्रकर्मी विपत व्यवस्थापन कोषमा सहयोग गर्न कलाकार संघको अपील

चलचित्रकर्मी विपत व्यवस्थापन कोषमा सहयोग गर्न कलाकार संघको अपील


काठमाडौं– कोरोनाको दोस्रो लहर फैलदा तीन सातादेखि मूलुकमा निषेधाज्ञा चलिरहेको छ । देशका केही जिल्ला बाहेक अधिकांश स्थान बन्ध हुुँदा नेपाली घर भित्रै थुनिएका छन् । निषेधाज्ञाका कारण स्वस्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वस्थ्य अवस्था जटिल बन्दै जाँदा कलाकार समेत प्रभावित बन्दै गएका छन् ।

Advertisement


नेपाल चलचित्र कलाकार संघले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली, चलचित्रकर्मी, दाता, संघ, संस्था सबैमा पुनः एक पटक सहयोगको अपील गरेको छ ।

कलाकार संघका अध्यक्ष रबीन्द्र खड्काले एउटा प्रेस विज्ञप्तीमार्फत चलचित्र क्षेत्र तथा चलचित्रकर्मीमा पर्न सक्ने दैनिकी जीवनयापन, औषधि उपचारमा निकै कठिन दिनहरु आउन सक्ने आकलन सहित चलचित्रकर्मी विपत व्यवस्थापन कोषलाई क्रियाशिल बनाएका छन् ।

विज्ञप्तीमा चलचित्र विकाश बोर्ड अन्तर्गत सिटिजन्स बैंक, कपन, काठमाडौं शाखाको खाता नम्बर ०२४०१०००००४३७२१ (चलचित्रकर्मी विपत व्यवस्थापन कोष) मा अथवा चलचित्र कलाकार संघमार्फत कोषमा सहयोग रकम जम्मा गर्न सबैमा अनुरोध गरेको छ । उक्त खातामा जोकोहीले रकम जम्मा गरेर सहयोग गर्न सक्ने संघले विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् ।