टुक्रियो गायक रामकृष्ण ढकालको परिवारः श्रीमतीले अंश नलिने छोरी लिने
९ पुस, काठमाडौं । गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्धविच्छेद भएको छ । पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छे भएको हो ।
‘गायक ढकाल र उहाँकी पत्नीबीच सम्बन्ध बिच्चेद भएको छ’, वाणिज्य न्युजसित कुरा गर्दै श्रेष्तेदार आनन्द श्रेष्ठले भने, ‘श्रीमतीले अंश नलिने, छोरी आमाको जिम्मामा रहने र बाबुलाई बेलाबेलामा भेटन दिने शर्तमा सम्बन्ध विच्छेद भएको हो ।’
केही समय अघिदेखि ढकाल दाम्पती सम्बन्ध विच्छेदको निर्णयमा पुगेका थिए । सँगै रहन नसक्ने भएपछि मंगलबार सम्बन्ध विच्छेदका लागि उनीहरुले सहमतिमै अदालतमा निवेदन दिएको थिए । मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ ।
प्रतिकृया दिनुहोस्