April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

छाउपडी प्रथामा अधारित फिल्म ‘टालो’ युट्युवमा भाइरल

छाउपडी प्रथामा अधारित फिल्म ‘टालो’ युट्युवमा भाइरल

नेपालको मध्ये तथा सुदुर पश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित छाउपडी कुप्रथामा आधारित नेपाली कथानक चलचित्र ‘टालो’ अहिले चलचित्र बजारमा चर्चा को बिषय बनेको छ । निहारिका फिल्मस प्रा लि को ब्यानरमा निर्माण भएको चलचित्र युट्युब च्यानल ओएस आरबाट रिलिज भएको हो ।

Advertisement

छुई (मासिक श्राव) को बेला चेली लाई छ दिन सम्म घरमा बस्न नदिई छाउ गोठमा राख्ने परम्परा विरुद्ध लेखिएको कथा यतिखेर युट्युवमा भाइरल भएको हो ।

Advertisement

रिम विश्वकर्माको कथा अनी दीपक श्रेष्ठ को पटकथा, निर्देशन र सम्पादनमा निमार्ण भएको ‘टालो’ छाउ गोठ बनाएर बस्न बाध्य गराईने अमानविय कुप्रथा लाई उन्मुलन गर्न हेतु सहयोगीको काम गरोस भनेर यो फिल्म निर्माण गरिएको हो निर्माता रिम विश्वकर्मा बताउँछिन् ।

कथामा जिवन्तता आओस भन्ने हेतुले स्थानिय कलाकारलाई नै समावेस गराईएको निर्माण पक्षको भनाई छ । फिल्मा अन्जली खड्का, प्रेम देव गिरि, सुशिला सिंजापती, सुशिला सिं, उदय बि के, गगन बि के एलिशा बादी, सम्झना बादीको भूमिका देख्न सहिन्छ । त्यस्तै खगेन्द्र के पी, भुपेश सोनि, शेरबहादुर, खगेन्द्र जैसी, जमुना बि क आदि जस्ता नया अनुहार ले पर्दापण गरेका छन् । यो फिल्ममा मेलिना राई, शान्ती श्री परियार रिषी खड्काको आवाज गितहरु रहेका छन् ।

http://www.youtube.com/watch?v=JqgrJUXYbuo