छिटी नायिकाको छिटै चालः सात महिनामै छोरी जम्माइन
- वाणिज्य न्युज
- १० पुष २०७६
काठमाडौं १० पुस । हतारमा सुटुक्क विवाह गरेकी नायिका बिनिता बरालले अमेरिकामा छोरी जन्माएकी छिन् । बिनिताले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा छोरी जन्मिएकी छिन् । चलचित्र चपली हाइटबाट नेपाली सिने क्षेत्रमा चर्चा बटुलेकी यि नायिकाले बुधबार आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन, ‘कसैकसैको हिजो आगमन भएको छ । उनको नाम हो काया । ’ बिनिताले विवाह गरेको केही समयभित्रै आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । विनिताले गत मे २७ तारिखमा लामो समयदेखि प्रेम सम्बन्धमा रहेका तिलक पौडेलसँग विवाह गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्