प्रहरीले पायो आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति
१३ माघ, २०७६, काठमाडौं
प्रहरीले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाएको छ । राउतलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।
राउतले परिवारका साथमा परिसर पुगेर सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।
माघ १ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ । राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दामा आवश्यक अनुसन्धान थालिएको छ ।
विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको भन्दै सामाजिक सञ्जालमा लाइभ गर्दै प्रहरीलाई गाली गलौज गरेको भन्दै गायिका राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको थियो ।
प्रतिकृया दिनुहोस्