January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

वर्षा र पल शाहको दुई नम्बरी

वर्षा र पल शाहको दुई नम्बरी

१४ माघ, २०७६, काठमाडौं
निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्न लागेको नयाँ चलचित्र २ नम्बरीमा अत्यधिक दर्शकहरुले मन पराएका नायक पल शाह र नायिका बर्षा राउत चयन भएका छन् । अघिल्लो चलचित्र छ माया छपक्कै ३ को अपार सफलता पश्चात् निर्देशकले यो चलचित्र निर्माण गर्न लागेका हुन् ।
चलचित्रले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नुको साथै, २ जना साथीको मित्रता र दुश्मनीको कथालाई समेटेको छ । चलचित्रमा कलाकारहरु वर्षा राउत, पल शाह, संगै दयाहाङ राई, तथा बुद्धि तामाङ रहने छन् ।
रेड बर्ड प्रोडक्सन र आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कलकारहरुले पत्रकार भेटघाटका क्रममा बोल्दै चलचित्रको कथा मन परेपछि आफू यसमा काम गर्न तयार भएको जनाएका छन् ।
माघ २५ गते देखि छायांकन सुरु गरिने यो चलचित्रमा लेखन पनि निर्देशक लामाकै रहेको छ । त्यस्तै सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, प्रस्तुतकर्तामा किरण नेपाली, कार्यकारी निर्मातामा रत्न श्रेष्ठ, निर्मातामा रोहित कट्टेल, सरोज नेपाली, सह निर्मातामा अमलादेवी राई रहेका छन् ।

Advertisement