January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

‘राधेः योर मोस्ट वान्टेड भाई’ को एक्सन सिनमा सात करोड खर्च

‘राधेः योर मोस्ट वान्टेड भाई’ को एक्सन सिनमा सात करोड खर्च

१४ माघ, २०७६, काठमाडौं ।
अभिनेता सलमान खानको नयाँ फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ को निर्माण घोषणा भएसंगै यो फिल्ममा ‘वान्टेड’ भन्दा पनि खतरनाक एक्सन रहने भएको छ । यो फिल्मकोे एक्सन सिक्वेन्समा साढे ७ करोड भारतीय रुपैयाँ खर्च गर्न सलमानले अनुमति दिएको भारतीय मिडियाले जनाएको छ ।
‘राधे’ सन् २००९ मा आएको प्रभुदेवा निर्दे्शित फिल्म ‘वान्डेट’ को सिक्वेल बताइएको छ । फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री दिशा पाटनी देखिँदैछन् । उनीहरुले यसअघि फिल्म ‘भारत’ मा काम गरेका थिए । फिल्मलाई प्रभुदेवाले निर्देशन गरिरहेका छन् । फिल्ममा सलमान पुलिस अफिसरको भूमिकामा हुनेछन् ।
अभिनेता सलमान खानको फिल्म ‘राधे’ को क्लाइमेक्समा हेभी भीएफएक्स टेकनिक प्रयोग गरिनेछ । यसमा जुन प्रकारको लाइट्सको प्रयोग र क्रोमामा सुट गर्ने भएकाले र भीएफएक्समा ब्याकग्राउन्डको डिजिटली हटाइने भएकाले यो निकै महँगो पर्ने भारतीय मिडियाको भनाइ रहेको छ । ‘राधे’ को एक्सन सिक्वेन्समा अभिनेता द्वय सलमान खान र रणदीप हुड्डा भिडन्त गर्दै देखिनेछन् ।

Advertisement