सुगमको ‘सरस्वती वन्दना’ सार्बजनिक
माघ १६ ,काठमाडौँ ।
सुगम पोखरेल नेपालका गीतसंगीत दुनियाका एक प्रख्यात पप गायक हुन् । गायक सुगम पोखरेलको ‘श्वेत हंसिनी’ मा समाबेश शिर्ष गीत ‘सरस्वती वन्दना’ सार्बजनिक भएको छ । संगीत संयोजन शैलेन्द्र बाबु प्रधान र शब्द तथा संगीत सुगम आफ्नै रहेको ‘सरस्वती वन्दना’ सरस्वती पुजाको अवसर पारेर सार्वजनिक गरेका हुन् ।
सुरिलो स्वरका धनी गायक सुगम पोखरेल सानै देखि गायनको सोखिन थिए । उनी विद्यालयमा विभिन्न कार्यक्रम तथा साथीभाइको जमघटमा पनि गीत गाएर सबैलाई मनोरञ्जन गराउथे । साङगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनले ‘सरस्वती वन्दना’ गीत संगीतलाइ संगीतका दर्शक तथा श्रोताहरु ले आफ्ना पुराना गीत संगीत जस्तै मन पराउने विश्वास लिएका छन् । उक्त बन्दनाको भिडियोलाई साइमन राई तथा दिनेश थापाले खिचेका हुन् भने सम्पादन इन्टेन्स एल्ड का सुप्रिम पराजुली ले गरेका छन् ।
प्रतिकृया दिनुहोस्